मलाई सहयोग गर्नुहोस्।

 रोयल ओमान प्रहरीको हटलाइनमा फोन गर्नुहोस्।

८००-७७-४४४

यदि तपाईंलाई झुठो आश्वासन देखाएर ओमान ल्याइएको, र तपाईँको काम गर्ने वातावरण तपाईंलाई भनिएको भन्दा निकै फरक छ भने तपाईं मानव तस्करीको सिकार हुनुभएको छ।

के तपाई यी मध्ये कुनै समस्याबाट पीडित हुनु भएको छ?

  • मेरो पासपोर्ट म सँग छैन।
  • मैले पाउने तलब सुविधा सम्झौता-पत्रमा उल्लेख गरिए भन्दा कम छ।
  • मलाई बिना अतिरिक्त पारिश्रामिक सम्झौता-पत्रमा तोकिएको भन्दा बढी समय काम गर्न बाध्य पारिएको छ।
  • मलाई साप्ताहिक बिदा दिईदैन र साप्ताहिक विदाको दिनमा काम गरे बापत क्षतिपुर्ति/अतिरिक्त्त पारिश्रमिक पनि दिईदैन।
  • मेरो रोजगारदाताले मलाई भिसा प्रदान गरेबापत उसलाई मैले पैसा तिर्नु पर्ने बताउँछ।
  • मेरो रोजगारदाताले मलाई आवास, उपचार खर्च र खाना दिए बापत उसलाई पैसा तिर्नु पर्ने बताउँछ।
  • मलाई यस मुलुकमा ल्याए बापत मैले मेरो स्पोन्सर वा मलाई काम दिने एजेन्सीलाई पैसा तिर्नु पर्छ।
  • यदि मैले मेरो कामको अवस्थाबारे यहाँको प्रहरी वा श्रम मन्त्रालयमा कुनै उजुरी गरेमा मेरो रोजगारदाताले मलाई यो देशबाट निकाला गर्ने धम्की दिएको छ।
  • काम गर्ने स्थानमा घरपरिवारका सदस्यहरूद्बारा मलाई शारीरिक दुर्व्यवहार गरिनुका साथै अनुचित तरिकाले संवेदनशील अंगहरूमा स्पर्श गरिन्छ।
  • मेरो रोजगारदाताले मलाई कुटपिट गर्छ।
  • म माथि हिंसाको धम्की दिईन्छ।
  • मलाई पुरूषहरूसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिन्छ।
  • म वेश्यावृति त्यागेर नेपाल फर्कन चाहन्छू तर मेरो रोजगारदाताले मलाई जान दिंदैन।

यदि माथि उल्लेखित कार्यहरु तपाईंले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा भोग्नु भएको छ भने तपाई मानव बेचबिखन/तस्करी को पीडित हुनुहुन्छ।

याद राख्नुहोस्, तपाईं पीडित हो, अपराधी होइन।

रोयल ओमानी प्रहरी तपाईंको मद्दत गर्न तयार छन्। उनीहरूलाई यस्ता पिडितहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा तालिम दिईएको छ। उनीहरूले तपाईंलाई तपाईंको रोजगारदाताबाट बचाउन सक्छन्। उनीहरूले तपाईंको यस दुःखद अवस्थाको अन्त्य गर्न सक्छन्।

मैले के गर्नु पर्छ ?

यदि तपाईलाई हिडडुल गर्न दिईन्छ भने नजिकैको रोयल ओमान प्रहरीको कार्यालयमा गएर तपाईंको समस्या राख्नुहोस्। यदि तपाईं आफैं प्रहरीकोमा जान सक्नुहुन्न भने तपाईं आफ्नो साथी-भाईको मद्दतले आफ्नो समस्या प्रहरीकोमा पुर्‍याउन सक्नुहुनेछ।

रोयल ओमान प्रहरीकोमा फोन गर्नुहोस्

८०० ७७ ४४४

फोन निःशुल्क हुन्छ। कर्मचारीहरू अंग्रेजी र अरबिक दुवै बोल्न सक्छन्।

यदि तपाईं अरबीक वा अंग्रेजी बोल्न जान्नु हुन्न भने जान्ने मान्छेलाई अनुरोध गर्नुहोस्।

अब के हुन्छ ?

रोयल ओमानी प्रहरीले तपाईंको उजुरीको छानबिन गर्नेछन्। तपाईंको सुरक्षा तथा हितको लागि तपाईंलाई विशेष सुरक्षा गृहमा राख्न सकिने छ।सहयोगी कर्मचारीहरूले तपाईंको सुरक्षा, औषधि उपचार लगायत अन्य आवश्यकताहरूको ख्याल गर्नेछन्।

यी सबै सेवाहरू निःशुल्क हुने छन्।